राष्ट्रपति भण्डारी यस पटक पशुपतिनाथ सरिक नहुने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भण्डारी यस पटक पशुपतिनाथ सरिक नहुने


५ भाद्र २०७७, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस