महादेवको उपासना गरेर हरितालिका तीज मनाइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महादेवको उपासना गरेर हरितालिका तीज मनाइँदै


५ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदै छन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।

विगत वर्षमा धूमधामका साथ मनाइने तीजलाई यो वर्ष भने कोरोना सङ्क्रमण महामारीले प्रभाव पारेको छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरूलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ। सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन सुरु भएको मान्यता छ।

Tags :
प्रतिक्रिया दिनुहोस