निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह मन्त्रालयलाई निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह मन्त्रालयलाई निर्देशन


४ भाद्र २०७७, बिहिबार


काठमाडौँ । सरकारले प्रमुख जिल्ला अधिकारीहरूमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यकाको हकमा समन्वय गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कमिटी गठन गर्ने निर्णय भएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । कमिटीमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरू रहनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस