बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लागि थुनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लागि थुनामा


४ भाद्र २०७७, बिहिबार


काठमाडौं । जिल्ला अदालत काठमाडौँले स्थानीय बाफलकी एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीश कृष्णजङ्ग शाहको आजको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिए ।

आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट रु २ लाख राहत दिनसमेत भनिएको छ । अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई काठमाडौँको बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ । कार्कीको हाल उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस