कञ्चनपुरमा आज रातिदेखि निषेधाज्ञा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कञ्चनपुरमा आज रातिदेखि निषेधाज्ञा


४ भाद्र २०७७, बिहिबार


महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि आज मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भीडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए।

‘बजार पनि बेलुकी छिट्टै बन्द गर्न, सरकारी कार्यालयमा भीडभाड कम गर्न र यातायात सञ्चालनमा कडाइ गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौँ’, प्रजिअ खतिवडाले भने, ‘सङ्क्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार यो निर्णय लिइएको हो ।’ उनले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस