ब्राजिलमा कोरोनाका संक्रमित ३४ लाख बढी, १ लाख ११ हजारको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

ब्राजिलमा कोरोनाका संक्रमित ३४ लाख बढी, १ लाख ११ हजारको मृत्यु


४ भाद्र २०७७, बिहिबार


ब्रासिलिया । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा संक्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा १ हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।

यहाँ यति ठूलो संख्यामा नागरिकहरु सङ्क्रमित हुन पुगेका ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार जना नयाँ संक्रमित थपिएसँगै यहाँ सङ्क्रमितको संख्या पनि निकै बढेको छ ।

यहाँ अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या निकै नै बढेको हो । प्राप्त समाचारमा अघिल्लो दिन ४७ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यो २ हजारले बढेर ४९ हजार पुगेको हो । अहिलेसम्म यहाँका संक्रमितको संख्या ३४ लाख ५६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्केका छन् ।

योसँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड २६ भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ७ लाख ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस