भरतपुरमा कोरोना संक्रमित वृद्धको मृत्यु « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

भरतपुरमा कोरोना संक्रमित वृद्धको मृत्यु


४ भाद्र २०७७, बिहिबार


चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् । चितवनका संक्रमितमध्ये भतरपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाका १/१ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस