२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होम आइसोलेसनमा बस्ने संक्रमितलाई टोखा नगरपालिकले दैनिक ३५० रुपैयाँ दिने

अ+ अ-

काठमाडौं । टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो ।

अस्पतालमा बस्नेलाई अस्पतालले नै सबै कुरा व्यवस्था गरे पनि होम आइसोलेसनमा बस्नेलाई कुनै निकायले सहुलियत नदिने भएकाले नगरपालिकाले सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको मेयर प्रकाश अधिकारीले बताए ।

‘स्वास्थ्य शाखाले प्रमाणित गरिसकेपछि होम आइसोलेसनमा बसेकाहरूलाई एकमुष्ट रकम उपलब्ध गराउनेछौं,’ उनले भने । यसका लागि स्वास्थ्य शाखाको सिफारिस चाहिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरेको उनले बताए ।

कोरोना संक्रमित बढेमा उनीहरुलाई राख्नका लागि वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस बैंक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन प्रयोगमा ल्याउने बारेमा गठित समितिले अध्ययन गर्ने उनले बताए ।

नगरपालिकाले अहिलेलाई टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४० देखि ६० शय्याको आइसोलेसन विस्तार गरिने जनाएको छ । नगरपालिकामा अहिलेसम्म कोरोनाका ८२ संक्रमित फेला परेका छन् ।