पाँच हजार क्षमताको एकीकृत आइसोलेसन बनाउँछौं : मेयर शाक्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच हजार क्षमताको एकीकृत आइसोलेसन बनाउँछौं : मेयर शाक्य


३ भाद्र २०७७, बुधबार


काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन् ।

उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिए । आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो जानकारी दिएका हुन् ।

शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गरे ।

‘स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको स्वागत गर्दै यो अवधीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न अपिल गर्दछु,’ शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस