कैलालीमा पनि निषेधाज्ञा जारी, भोलि मध्यरातदेखि १४ गतेसम्म « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कैलालीमा पनि निषेधाज्ञा जारी, भोलि मध्यरातदेखि १४ गतेसम्म


३ भाद्र २०७७, बुधबार


कैलाली । कैलालीमा बिहीबार राति १२ बजेदेखि भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो। यो अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन। अत्यावश्यक कामका लागि पनि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनु पर्नेछ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायका बाहेक अन्य निजी तथा सार्वजनिक सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। सम्पूर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यस्तै, डिपार्टमेन्ट स्टोर, सैलुन, ब्युटी पार्लर, जिम खाना, फुटपाथमा सञ्चालन हुने व्यापार, होटेल तथा रेस्टुरेन्ट खोल्न पाइने छैन। खाद्यान्न, तरकारी, दूध, फलफूल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने बताइएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस