वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु


३ भाद्र २०७७, बुधबार


वीरगन्ज । पर्साको वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगन्जको रेशमकोठी निवासी ती महिलाको विगत ४ दिनदेखि एक निजी अस्पतालमा उपचार भइरहेकोमा मंगलबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालमा ल्याएको थियो । ती महिला अनियन्त्रित मधुमेह र निमोनियाबाट पीडित थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस