कोभिड-१९ का लागि २० प्रतिशत बेड नछुट्याउने अस्पतालको पीसीआर अनुमति खारेज : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोभिड-१९ का लागि २० प्रतिशत बेड नछुट्याउने अस्पतालको पीसीआर अनुमति खारेज : स्वास्थ्य मन्त्रालय


३ भाद्र २०७७, बुधबार


काठमाडौं । कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले मेडिकल कलेजले एक तिहाइ बेड कोरोनाको उपचारका लागि छुट्याए उनीहरुले पीसीआर परीक्षणका लागि अनुमति पाउने पनि जानकारी गराए ।

केही समयअघि मन्त्रालयले कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो ।

प्रवक्ता गौतमले निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्दिनँ भन्न नपाउने बताए । उनले भने, ‘आउने एक दुई वर्षमा कुनै पनि उपचार गर्ने अस्पतालले कोभिड बाहेकको मात्र उपचार गर्ने सम्भव छैन । जचाउन आउने ननकोभिड बिरामी पनि कोभिड संक्रमित हुन सक्छन् । त्यतिबेला अस्पतालले तुरुन्त रिफर गर्न सम्भावना कम हुन्छ । ’

Tags :
प्रतिक्रिया दिनुहोस