हेटौंडामा कोरोना संक्रमणबाट एकको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

हेटौंडामा कोरोना संक्रमणबाट एकको मृत्यु


३ भाद्र २०७७, बुधबार


हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एकको मृत्यु भएको छ ।

गएराति हेटौँडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौँडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो ।

कोरोना सङ्क्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस