‘बुबाको मुख हेर्ने दिन’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘बुबाको मुख हेर्ने दिन’


लिला बल्लभ नेपाल

३ भाद्र २०७७, बुधबार


छोरो आउने बाटो कुरिरहने बुबाका आशै मिठो लाग्छ
मैले खुट्टा ढोग्दा सधैँ हँसाउने बातै मिठो लाग्छ

घर आइज न कान्छा म र तेरी आमा तेरो बाटो कुरिरहेका छौँ
पल पल झकझकाइरहने बुबाका हातै मिठो लाग्छ

छोराको यादमा टोलाइरहने बुबाका नजरहरू
मेरै यादमा अनिँदो बसेका ती रातै मिठो लाग्छ

छोराको सानो सफलतामा पनि धेरै खुसी हुने
सधैँ नजिक भइरहने बुबाका ती साथै मिठो लाग्छ

 

 

प्रतिक्रिया दिनुहोस