पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


वीरगन्ज । वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३५ महिलासहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा.नीरजकुमार सिंहले जानकारी दिए । तीमध्ये ८९ जना पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दा हुन् ।

गत साउन ३१ मा बैरिया बिर्ता र भौराटारमा स्वाब संकलन गरिएको थियो । बहुदरमाई नगरपालिका–५ भौराटारमा मात्र ६४ जनामा पोजिटिभ देखिएको छ ।
डा. सिंहका अनुसार संक्रमित मध्ये ४ जना बारा र १ जना सप्तरीका रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस