चालकमा सङ्क्रमण देखिएपछि स्वास्थ्य सचिव अर्याल होम क्वारेन्टिनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चालकमा सङ्क्रमण देखिएपछि स्वास्थ्य सचिव अर्याल होम क्वारेन्टिनमा


३ भाद्र २०७७, बुधबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालकमा कोरोना सङ्क्रमण देखिएपछि सचिव अर्याल होम क्वारेन्टिनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सचिव अर्याल एक हप्ता होम क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै मन्त्रालय आउने तयारीमा छन्। उनी आइतबार साँझबाट होम क्वारेन्टिनमा बसेका हुन् ।

अहिलेसम्म मन्त्रालयका ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस