कोरोना संक्रमित थप सात जनाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमित थप सात जनाको मृत्यु


प्रशासन संवाददाता

२ भाद्र २०७७, मंगलबार


काठमाडौँ । कोरोना संक्रमण भएका थप सात जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार अहिलेसम्म संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय १४ पुगेको छ ।

मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एक–एक जनाको निधन भएको जानकारी दिए ।

निधन हुनेमा ६ जना पुरुष र एक महिला छिन् । तनहुँमा महिला र बाँकी जिल्लामा पुरुषको मृत्यु भएको डा. गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस