सन्दीप सहभागी हुने सीपीएल आजबाट सुरु, सन्दीपले कहिले खेल्दै छन् ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सन्दीप सहभागी हुने सीपीएल आजबाट सुरु, सन्दीपले कहिले खेल्दै छन् ?


प्रशासन संवाददाता

२ भाद्र २०७७, मंगलबार


ट्रिनीडाड । सन्दीप लामिछाने सहभागी हुने सीपीएल खेल आजबाट सुरु हुँदै छ । क्वाराबिन राष्ट्रहरूका टोलीबिच हुने क्वाराबिन प्रिमियम लिग (सीपीएल) मा नेपालका क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजनमा सहभागी हुँदै छन् ।

उक्त लिग वेस्टइडिन्ज क्रिकेट बोर्डको आयोजनामा हुन लागेको हो । कोभिड–१९ सङ्क्रमणको त्रासकाबीच सुरु हुन लागेको सीपीएलको ८औँ संस्करण एक सहरमा मात्रै हुनेछ । क्याबिन राष्ट्र ट्रिनीडाड एन्ड टोबागोको ट्रिनीडाड सहरका दुई रङ्गशालामा लिगका खेलहरू हुने गरी तालिका तयार पारिएको छ । ट्रिनीडाडको ब्रेन लारा र क्वीन्स पार्क मैदानमा दर्शकबिना नै खेल हुँदै छ ।

आजको पहिलो खेलमा ट्रिबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे खेल सुरु हुनेछ ।

सन्दीपले कहिले खेल्दै छन् ?

नेपालका लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तल्लावाशले बुधवारको दोस्रो खेलमा सेन्ट लुसिया जोक्ससँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयअनुसार पौने ८ बजे यो खेल हुनेछ । सन्दीपको टोलीका कप्तान वेस्ट इन्डिजका ब्याट्सम्यान रोभमान पावेल हुन् । उनको टोलीमा वेस्टइन्डिजकै आन्द्रे रसेल, ग्लेन फिलिप्स, कार्लोस ब्रेथवेट, चान्ड्वीक वाल्टन, अफगानिस्तान मुजिव रहमान, पाकिस्तानका आसिफ अली लगायतका खेलाडी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस