किसानलाई मल उपलब्ध गराउन नसकेकोमा दुखी छौँ : कृषि मन्त्रालय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

किसानलाई मल उपलब्ध गराउन नसकेकोमा दुखी छौँ : कृषि मन्त्रालय


१ भाद्र २०७७, सोमबार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेकोमा दुःखी भएको बताएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा मन्त्रालय दुःखी भएको उल्लेख गरेका हुन् ।

‘जे सुकै कारणले होस् युरिया मलको अभावले गर्दा किसानले भोग्नु परेको असुविधाप्रति मन्त्रालय परिवार दुःखी छ, सचिव भारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मल अभाव हुने आकलनकासाथ समयमै मन्त्रालयले बजेट निकासा गरेर काम अघि बढाए पनि कोरोनाको विषम परिस्थितिका कारण समस्या भएको विज्ञप्तिमा जनाइएको छ ।

३२ हजार १९० मेट्रिक टन मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको भन्दै मन्त्रालयले एक सातापछि नेपालमा मल आउन थाल्ने दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस