जिल्ला प्रशासन रुपन्देहीको सेवा पाँच दिनका लागि स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जिल्ला प्रशासन रुपन्देहीको सेवा पाँच दिनका लागि स्थगित


१ भाद्र २०७७, सोमबार


भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको दैनिक सेवा प्रवाह पाँच दिनका सम्मका लागि स्थगित गरिएको छ। जिल्लामा समुदायस्तरमा संक्रमण बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवालाई समेत न्यूनीकरण गर्न अत्यावश्यक देखिएको हुदाँ हाललाई दैनिकी सेवा स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

शान्ति सुरक्षा लगायत अत्यावश्यक कार्यहरु बाहेक नागरिकता, राहदानी, संघसंस्था सम्बन्धी लगायत अन्य प्रशासनिक सेवाहरु भदौ १ गते देखि भदौ ५ गते सम्म स्थगित गरिएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बिहानसम्म जिल्लामा संक्रमितको संख्या चार सय ९४ पुगेको छ। जसमध्ये तीन सय ३३ जना निको भएका छन् भने एक सय ६० जना उपचारत अवस्थामा छन्। एक जनाको मृत्यु भएको छ।

जिल्लामा संक्रमण बढ्दै गएपछि यहाँको बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया, मर्चवारी, सम्मरीमाई, कोटहीमाई गाउँपालिका लगायत स्थानीय तहहरुमा लकडाउन गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस