सांसदका स्वकीय सचिव शाहीलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसदका स्वकीय सचिव शाहीलाई कोरोना सङ्क्रमण


१ भाद्र २०७७, सोमबार


काठमाडौँ । सांसदका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अछाम क्षेत्र नम्बर २ बाट सांसद यज्ञ बहादुर बोगटीका स्वकीय सचिव तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अछाम जिल्ला कमिटी सदस्य टोप बहादुर शाहीलाई सङ्क्रमण भएको पुष्टि भएको हो ।

शाहीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका हुन्।

शाहीले सोमबार बिहान फेसबुकमा पोस्ट गर्दै आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको र आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको जनाउँदै सम्पर्कमा आएकाहरूलाई पनि सिपिआर परीक्षण गरी ढुक्क हुन आग्रह गरे।

‘हिजो साउन ३२ आएको रिपोट अनुसार पीसीआर टेस्टमा म पोजेटिभ भएको हुनाले मेरो प्रत्यक्ष सम्पर्कमा भएका सम्पूर्ण आफन्त र साथीहरूलाई होम क्वारेन्टीनमा कम्तीमा १४ दिन बस्नुहुन र कुनै स्वास्थ्य समस्या देखिएमा अथवा मेरो सम्पर्कमा आएको ६ दिनपछि कोरोना परीक्षण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’ शाहीले फेसबुकमा पोस्ट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस