लिदी पहिरो अपडेट : थप ३ जनाको शव फेला, मृतकको संख्या २२ पुग्यो, १७ अझै वेपत्ता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

लिदी पहिरो अपडेट : थप ३ जनाको शव फेला, मृतकको संख्या २२ पुग्यो, १७ अझै वेपत्ता


प्रशासन संवाददाता

१ भाद्र २०७७, सोमबार


सिन्धुपाल्चोक । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ ।

आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिए ।

पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस