बालुवाटारमा ओली, दाहाल र देउवाबिच भेटवार्ता, संवैधानिक निकायको नियुक्तिबारे छलफल हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा ओली, दाहाल र देउवाबिच भेटवार्ता, संवैधानिक निकायको नियुक्तिबारे छलफल हुने


१ भाद्र २०७७, सोमबार


काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार नेकपाको सचिवालय बैठक सकिएसँगै सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापतिबिच केही बेर अघिदेखि छलफल सुरु भएको छ ।

तीन नेताबिच विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति, विश्वविद्यालयमा रिक्त रहेका पदाधिकारी नियुक्ति तथा कोरोना महामारी नियन्त्रण र रोकथामका बारेमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस