बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


३२ श्रावण २०७७, आइतबार


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ।

ती पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ।

भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस