बीपी प्रतिष्ठान धरानमा कोरोनाका कारण थप एक महिलाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बीपी प्रतिष्ठान धरानमा कोरोनाका कारण थप एक महिलाको मृत्यु


प्रशासन संवाददाता

३२ श्रावण २०७७, आइतबार


काठमाडौँ । कोरोनाका कारण थप एक जनको मृत्यु भएको छ । शनिवार राति बीपी प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

उनी विराटनगरको न्यूरो हस्पिटलबाट रेफर भएर प्रतिष्ठानको आइसोलेसनमा शनिवार राति ११ बजे भर्ना भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् ।

अत्यधिक ज्वरो, खोकी र श्वास प्रश्वासमा गम्भीर समस्या न्यूरो अस्पताल विराटनगरले प्रतिष्ठान रिफर गरेको हो । मृतक महिलामा मुटु र फोक्सो सम्बन्धी समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस