२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम नेपालको प्रसिद्ध अराध्यदेव श्रीमष्ठा देवता

अ+ अ-

अवस्थितिः अपार शक्ति, व्यापक जनआस्था र पश्चिम नेपालकै प्रसिद्ध अराध्यदेव श्रीमष्ठो देवता पश्चिम नेपालको चर्चित देवका रुपमा चिनिन्छन् । पश्चिम नेपालका फरक फरक स्थानमा यसलाई फरक उपनामले चिनाए पनि मूल श्रीमष्ठो देवताको बारेमा यहाँ उल्लेख गरिएको छ ।

डोटी जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नं. ६ (साबिकको भूमिराजमाडौं गाउँ विकास समिति–८) छत्रेश्वर, फलेडीमा अवस्थित श्रीमष्ठो देवताको मुख्य माणु (मन्दिर) कपल्लेकी केदारेश्वर, डोटीबाट पूर्व, चौरपाटी, अछामबाट पश्चिम, लाना केदारबाट उत्तर र भागेश्वर दिपायलबाट दक्षिण दिशाको केन्द्र बिन्दुमा रहेको छ । श्रीमष्ठो देवताको मन्दिर समुन्द्र सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको छ । श्रीमष्ठोको मुख्य मन्दिर रहेको छत्रेश्वर क्षेत्र धार्मिक, प्राकृतिक, भौगोलिक, ऐतिहासिक र वातवरणीय रुपमा निकै पवित्र अनि सुन्दर छ ।

उत्पत्तिः करिब ६०० वर्षअघि भारतको कुमाउ गडवाल (उत्तर काशी) बाट नेपाल आएका भटृ थरका व्राम्हणले आफूसँगै ल्याएको श्रीमष्ठो देवता जुम्ला जिल्लाको सिञ्जामा स्थापना भएको किवदन्ती छ । जुम्ली राजकुमारीको अछामी राज कुमारसँग विवाह भएपछि आफ्नो परम्परा अनुसार जुम्ली राजाले छोरीको विवाहसँगै व्राम्हण, क्षेत्री, करकर्मी अछाम पठाए । अछाम बस्न आएका ती भटृ व्राम्हणले आफूसँगै सिञ्जाबाट श्रीमष्ठो देवता ल्याई अछाम जिल्लाको पाईल भन्ने स्थानमा थुवा÷चौरपाटी माणुको स्थापना गरी पूजापाठ गर्न थाले । अछामी राजाले आफ्नो छोरीको राजपुरे (डोटी) राजासँग विवाह गरिदिए पछि राजकुमारीसँगै भटृ थरका व्राम्हण पनि डोटी आउनु भयो । डोटी आएका ती भटृ व्राम्हणले धार्मिक, सांस्कृति र वातावरणीय हिसाबले पवित्र बासस्थान खोज्ने क्रममा डोटी जिल्लाको फलेडी स्थित छत्रेश्वर क्षेत्र छनौट गरे ।

भाद्र अन्तरे चतुर्दशीका दिन श्रीमष्ठो देवताको पूजा गर्न फलेडी, डोटीबाट अछामको थुवा माणू जाने क्रममा पूजारी तथा ब्राम्हण विचारी भटृका अग्रज डोटी र अछामको बीचमा बग्ने सेती गंगा तर्दा झमेलो (नदी तर्न प्रयोग गरिने तुइन) भाँचिन गई गंगाजीमा खस्न पुगे । पूजारी नदीमा खस्ने वित्तिकै अछाम थुवा माणुमा रहेका श्रीमष्ठाको धामी आफ्नो अदृश्य शक्तिबाट सो कुरा थाहा पाएर भक्तजनका माझ काँप्नु भएछ । धामी काँप्दै गर्दा उहाँले लगाएको कपडाको बाहुलोबाट पानी चुहिएपछि उनले मरभर (देवता मान्न त्यहाँ उपस्थित भक्तजन) लाई मेरो ताकलो (पूजाका लागि डोटीबाट अछामको थुवा माणु आउने क्रममा नारी दाङ्ग नदीमा बग्न लागेका पूजारी भटृ) लाई नीरले बगायो भनेछन् । त्यो सुनेपछि मरभरले धामीसँग आदरपूर्वक अनुरोध गरे “हामीलाई के थाहा परमेश्वर, त्यसो भए बग्दै गरेको ताकलोलाई नदिको तिर (किनारा) लगाई बचाइ दे” । धामीको शक्तिले नदीमा बगीरहेको भटृ व्राम्हणलाई गंगाजीको छालले दाङ क्षेत्रको किनारामा पुर्याएछ र उनी बाँचेछन् ।

पूजारी नदीबाट बाँचेर हिँड्दै अछामको थुवा माणु आई पुगेको देखे पछि धामीले “मेरो ताकलो आइपुग्यो” भनेछन् । त्यो सुनेपछि ब्राम्हण तथा पुजारी भटृले भनेछन् “परमेश्वर ! मरिसकेको थिएँ । तेरो अपार शक्तिले बाँचे । क्षमा दे । अब आइन्दा पूजाका लागि म यहाँ आउन सक्दैन भनी आफूले भोगेको दुःख र श्रीमष्ठाप्रतिको प्रगाढ आस्था सुनाए ।”

श्रीमष्ठोप्रतिको सच्चा आस्थाकै कारण अथाहा दुःख र लामो बाटो (डोटीबाट अछाम) पार गर्दै माणु आएको देखेपछि श्रीमष्ठो देवता उनीसँग अति प्रशन्न भई धामी काँप्दै शिला, कालीघाट (घण्ट), चमर, शंङ्ख दिएर तेरो वासस्थान छत्रेश्वर, फलेडीमा श्रीमष्ठाको मन्दिर बनाई त्यहीँ पुज्नु भनेछन् । तत् पश्चात अछामको थुवा माणु भत्किन गई फलेडीको छत्रेश्वरमा श्रीमष्ठा देवताको माणु विधिवत् रुपमा स्थापना भएको पाँच राठका अग्रज तथा जान्नेमान्यहरुको भनाई तथा जनश्रुति रहेको छ ।

पूजा सामाग्रीः शुद्ध तुलको आलम, तामाको भोक्कर, चेटे दाइनु, घण्ट, भानु (सन् १७२३ मा कण्ठु भटृद्वारा चढाएको भनि उल्लेख) प्रत्येक घरबाट चढाएको पाँच मुठी पूज, जहँु, तिल, कुश, सिन्दुर, गाईको घ्यू, दूध, दही, कुश, चमर, धुप/बत्ती र गाँजे लौरो आदि पूजाका लागि अति आवश्यक सामाग्री मानिन्छन् । यी सामग्रीहरु भक्तजनहरुले चढाउने गर्दछन् ।

पूजा विधिः श्रीपञ्चमी, वैशाख शुक्ल एकादशी, भाद्र अन्तरे चर्तुदशी र कार्तिक शुक्ल नवमी, दशमी र एकादशी (जाँत बनाउने विशेष पर्व) का दिन ब्राम्हण विचारी भटृका जेठा सन्तान मध्येका जोशी थरका पुजारीद्वारा श्रीमष्ठाको देवताको मुख्य शीला रहेको डोटीको छत्रेश्वर मन्दिर लगायत टापु, पूजा सामग्री भण्डार गरिने भराण र ओखलढुङ्गा मन्दिरमा रहेका शिव–गणेशका प्रतिमा तथा अभोलिङ्गको पूजा गरिन्छ । पूजा सुरुगर्दा पुजारीले “गणनान्त्वा गणपति गुन्हबामय..” भन्ने वेद मन्त्रको उच्चारणबाट सुरु गरिन्छ । पूजाली अवधिभर पुजारी, धामी र भक्तजनहरुले शुद्ध साकाहारी भोजन ग्रहण गरी वा व्रत बसी पूजा गर्दछन् । जात तथा विशेष पूजामा धामीहरु काँप्छन् (डोटेली भाषामा देवता गान्ने) भने दमाई÷ढोलीले चेटो दाइनो, दमाहा, भानु र नरसिंहा आदि बजाउँदछन् । चेटे दाइनुको आवाज (डोटेली भाषामा घाई) सुनेपछि सबै भक्तजनहरुले पूजाली सुरु भएको संकेत पाउँछन ।

यसैगरी श्रीमष्ठाको भराण र मन्दिरहरुमा रहेका शिवजी, गणेशजीका मुर्तिहरुको नियमित पुजापाठ, धुपबत्ती श्रीमष्ठो देवताको भराणीले नियमित रुपमा साँझ विहान गर्ने चलन छ । विशेषतः कार्तिक शुक्ल एकादशीका दिन बनाइने जाँतको अवसरमा भराणी/धामी आ आफ्नो घाईमा देवता काँप्दै भक्तजनको माग सम्बोधन गर्ने, आफ्नो क्षेत्रमा सुख, शान्तिको लागि एकवर्षे भविष्यवाणी गर्ने गर्दछन् । शुक्ल दशमीको रात टाढाटाढाबाट आउने युवायुवतीहरुले समेत देउडा खेलेर धुमधामपूर्वक रतेणी मानी मनोरञ्जन गर्ने चलन पनि निकै रोचक छ । जाँत÷पर्वको आनन्द सामाजिक, सांस्कृतिक, पारिवारिक, आर्थिक विकास र अन्तर पुस्ता ज्ञान (सम्बन्ध) हस्तान्तरणको दृष्टिले निकै महत्वपूर्ण छ ।

पूजारी चयन : पूजारी चयन ब्राम्हण विचारी भटृका सन्तानबाट हुन्छ । आत्रेय गोत्र र भटृ थरका व्राम्हण विचारी भटृका दुई सन्तान थिए । तीनको शाखा सन्तान (संख्या) बढदै जादा एक आपसमा व्यापक झैझगडा र मनमुटाव बढन थाल्यो । दुई सन्तानका शाखाबीच असल सम्बन्ध र मेलमिलाप कायम गर्न जेठो सन्तानको आत्रेय गोत्र यथावत राखी भटृ थरलाई जोशीमा परिवर्तन गरे भने कान्छो सन्तानको भटृ थर यथावत राखी गोत्र (आत्रेयबाट कश्यप) परिवर्तन गरे । हालसम्म विचारी भटृको जेठा सन्तानको रुपमा रहेका जोशी थरका व्राम्हण मध्येबाट पनि जेठो परिवारबाट पूजारी छनौट गर्ने परम्परा छ । पूजारी चयन पाँच राठ (चक्याल, तलिगाई, मुजिग्याल, गजुर्याल र उडीतोले) का प्रतिनिधिहरुको सहमतिमा गरिन्छ ।

भराणी तथा धामी चयनः पाँच राठ मध्ये ब्राम्हण विचारी भटृको जेठो सन्तानको रुपमा रहेको जोशी परिवारको पनि जेठो सन्तान जसलाई देवता आउँछ र भराणी हुन योग्य छ भनी पाँच राठका प्रतिनिधि, धामी र पूजारी सहभागी हुने पञ्चरात्री भेलाले नयाँ धामीको परीक्षण गरी उपयुक्त व्यक्तिलाई बालो पगरी पहिराई विधिवत् रुपमा भराणी÷धामी चयन गर्ने प्रथा रहेको छ । धामीहरुको हकमा सम्बन्धित राठ÷परिवारको योग्य, देवता आएको व्यक्तिलाई पाँच राठकै सहमति वा पञ्चरात्री भेलाबाट चयन गरिन्छ ।

निर्णय प्रकृया : सुरुका चार दशकसम्म श्रीमष्ठो देवता सम्बन्धी निर्णय पाँचपालीबाट गरिएको जनश्रुति रहेको छ । पाँचपाली अन्तर्गत अछामको थुवा माणुबाट छत्रेश्वरमा ल्याउने क्रममा बाटोमा सहयोग गर्ने अछामको सोकटो–साउन, डोटी अन्तर्गतका मौराको–जेठारो, झिकाल–थापा, वायलको–बोगटी, रानागाई–राना, ब्वारको–रावल र पलेडी निवासी विचारी भटृका सन्तान पर्दछन् । यसरी अन्य जिल्ला तथा गाउँबाट श्रीमष्ठा सम्बन्धी विभिन्न निर्णय गर्न पलेडी आउन मरभरलाई निकै कठिन परेको यर्थाथलाई पाँचपाली र देवताका पूजारी, धामीले महसुश गरी फलेडीमै बस्ने पाँचपाली मध्येका एक प्रमुख पाली (ब्राम्हण विचारी भटृ) का मुख्य तथा शाखा सन्तानहरु (पाँच राठ) को प्रतिनिधित्व रहेन गरी गुठी व्यवस्थापन, पुजारी तथा धामी चयन, मन्दिरको संरक्षण आदि निर्णय गर्ने प्रथाजनित विधि हालसम्म पनि निरन्तर छ । निर्णय सहजताका लागि अन्य पालीहरुलाई अलग गरेता पनि श्रीमष्ठा देवताको पर्व (जात वा पूजाली) मा फलेडीवासी ब्राम्हण विचारी भटृका सन्तानहरुले सादर आमन्त्रण तथा सत्कार गर्ने र धामीहरुले माग अनुसार उहाँहरुलाई पनि आर्शीवाद दिने चलन भने जीवन्त नै छ ।

श्रीमष्ठो देवताको शक्ति : देवताले आफ्नो क्षेत्र, त्यहाँका नागरिक तथा श्रीमष्ठाप्रति विश्वास राख्ने विश्वको जुनसुकै कुनामा बसेर सबैै भक्तजनहरुको संरक्षण गर्छ भन्ने आम विश्वास छ । श्रीमष्ठो प्रति सच्चा आस्था राख्ने व्यक्तिलाई ठूलो रोगव्याधी नलाग्ने, उनीहरुको दुःख दरिद्र नास हुने, पुत्र÷पुत्रीलाभ हुने, आनामाना (रोजगारी) प्राप्ति हुने, सुख–शान्ति र न्याय मिल्ने मात्र नभई सबै प्रकारका राम्रा इच्छा पूरा हुन्छन् (बर पाईन्छ) भन्ने अगाढ विश्वास रहेको छ । माथि श्रीमष्ठाको उत्पत्ति अनुच्छेदमा उल्लेख भए बमोजिम सच्चा आस्था र मनले अछामको थुवा मन्दिरमा पूजा गर्न जाने क्रममा पुजारी भटृ चढेको झमेलो भाचिन गई सेती नदीमा बगेर मर्न लागेको घटना टाढा (अछाम) बाटै धामी कापेर थाहाँ पाई उपस्थित मरभरलाई भन्नु र दैवी शक्तिले नदीबाट किनारामा पुर्याई सकुशल बचाएको एक ऐतिहासिक र प्रतिनिधिमूलक किवदन्तिबाट यसको अपार शक्तिबारे सहज अनुमान गर्न सकिन्छ ।

श्रीमष्ठो देवताको भराणमा रहेका मुख्य साम्रगीहरु : श्रीमष्ठो देवताको भराणभित्र सुन, चाँदी, तामाका प्रतिमा, जोवर, कलश, रुपाज्वाला, रुपाछरी, गाजको पतिउ, छत्र, गाजेलौरो, गजुर, करुवा, शिवलिङ्ग, शालीग्राम, शङ्खघण्ट, रुद्राक्षको माला, भोक्कर, ठूलो घाँट, लुवालठ्ठी, चमर, आशागुर्जा, शिव र गणेशका मूर्ति, चेटो दाइनो, दमाहा, भानु र नरसिंहा आदि सामग्रीहरु रहेका छन् । यसका साथै भक्तजनहरुले पर्व विशेषमा खुशीले चढाएका विविध साम्रगीहरु पनि यस भराणमा सजाईएका छन् ।

श्रीमष्ठो देवताका विशेष पर्वहरुः बैशाख शुक्ल एकादशी, भाद्र अनन्त चर्तुदशी, कार्तिक शुक्ल पक्ष (नवमी–दशमी–एकादशी) र माघे श्रीपञ्चमी मुख्य पर्व हुन । यस मध्ये कार्तिक शुक्ल एकादशीका दिन श्रीमष्ठो देवताको भव्यरुपमा जात (जात्रा) मनाईन्छ । यस दिन छिमेकी गाउँ, जिल्ला तथा स्वदेश विदेशमा रहका ठूलो संख्यामा भक्तजनहरु देवस्थल फलेडी आई श्रीमष्ठो देवताको दर्शन तथा पूजाआजा गरी मनोकांक्षा पूरा गर्न धामीहरुबाट आर्शिबाद लिन्छन् । धामीहरु आफ्नो घाई (विशेष आवाज) मा नाच्छन, लोकबारे भविष्यवाणी गर्छन् । जाँत हुनु अघिल्लो राती रतेणी मनाउँछन् । उक्त रतेणीमा देवता काप्ने र देउडा खेली आनन्द लिन्छन् ।

श्रीमष्ठाका भराणी तथा धामीको मुख्य जिम्मेवारी मन्दिरका भराणीको मुख्य जिम्मेवारी मन्दिरको दैनिक पूजापाठ तथा भराणको संरक्षण गर्नु हो । मटृेका धामीले आफ्नो क्षेत्रभित्रको माटोको रेखदेख गर्नृ, आफ्नो क्षेत्रमा रीतिथीति कायम गराई सुख शान्ति कायम गराउनु हो । साथै बेरसिमे, गोदारी, लाटो, गङरी र खडायतका धामीहरु श्रीमष्ठो देवताका संरक्षकको रुपमा कार्य गर्दछन् ।

श्रीमष्ठो पश्चिम नेपालको निकै चर्चित, अपार शक्ति र व्यापक जनआस्था भएको देवता हो । प्रगाढ जनआस्था र शक्तिलाई दीगो बनाई राख्न यसका पूजारी, भराणी, धामी एवं भक्तजनहरु पूर्ण निष्ठावान, आचरणयुक्त र कर्तव्यनिष्ठ हुन अति जरुरी छ । सदैव व्यक्तिगत जीवनलाई सामाजिक जीवनमा समर्पण गर्ने भराणी÷धामी तथा पूजारीहरुलाई सम्मानजनक जीवन निर्वाह गर्न सक्ने अवसर सिर्जना गर्नु अपरिहार्य छ । यसको लागि श्रीमष्ठाको आन्तरिक आय (गुठी) बलियो हुनुपर्छ । आन्तरिक गुठी मजबुद बनाउन श्रीमष्ठाको अपार शक्ति, ऐतिहासिक पृष्ठभूमि र छत्रेश्वर क्षेत्रको मनमोहक वातावरणबारे भक्तजन एवं धार्मिक सांस्कृति पर्यटकहरुलाई जानकारी गराउनु जरुरी छ ।

पूजा तथा पर्व विशेषमा आउन आकर्षण गरिनु पर्दछ । निश्चित रकम, सुनचाँदी र जग्गादान (डोटी बाहिर पनि) गर्ने व्यक्तित्वको नाम शिलालेखमा उल्लेख गरी श्रीमष्ठाको जातको समयमा प्रसंशापत्र प्रदान गर्ने र सोको सञ्चार माध्यमबाट प्रचार प्रसार गर्ने असल परम्पराको सुरुवात हुनु जरुरी छ । विभिन्न माध्यमबाट प्राप्त श्रोतलाई पारदर्शी तवरले परिचालन गरी यसको पूजाआजा, संरक्षण तथा भराणी÷धामी÷पूजारीलाई जीवन निर्वाह वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ । श्रीमष्ठा क्षेत्र रहेको देवस्थल, ओखलढुङ्गा, भष्टामाणु, टापु, छत्रेश्वर, बगर, निङ्गालभरेउने, मेलाविय, कालढुङ्गा र मल्लो बगरसम्मको क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न छत्रेश्वर गुरु योजना सहित सुधारका लागि सरोकारवाला तयार हुनुपर्छ ।

छत्रेश्वरमा निर्माणाधिन मन्दिर शिघ्र तयार गरिनुपर्छ । सार्वजनिक निजी साझेदारी मार्फत पर्व विशेष लागि आउने भक्तजनको बासस्थलको लागि सो क्षेत्रमा आधारभूत सुविधा सहितको धर्मशाला (खानेपानी, विजुली बत्ती, शौचालय) व्यवस्था हुनु जरुरी छ । विशेष पूजा आजाको व्यवस्था गरिनुपर्छ । बगैचा निर्माण तथा सरसफाई मार्फत छत्रेश्वर क्षेत्रको वातावरण संरक्षणलाई जोड दिनुपर्छ । अन्य समयमा धार्मिक, सांस्कृति तथा मनोरञ्जन भ्रमणका लागि क्षत्रेश्वर क्षेत्रमा आउने पर्यटक/आगन्तुकको लागि पूजाआजाको व्यवस्था, भ्यू टावर, नजिकै होमस्टे, वन भोजस्थल तथा आवश्यक अन्य साम्रगीको व्यवस्था गरिनुपर्छ ।

उहाँहरुबाट पनि न्यूनतम सेवा शुल्क लिने व्यवस्था गरिनुपर्छ । श्रीमष्ठो देवताको अपार शक्ति बारे उपयुक्त माध्यमबाट स्वदेश तथा विदेशमा प्रचार प्रसार गरी आन्तरिक आयमा गुणात्मक वृद्धि गरिनुपर्छ । यस्तो असल कार्यका लागि सक्षम र इमान्दार स्थानीय समुदाय, सशक्त स्थानीय सरकार तथा श्रीमष्ठोप्रति आस्थावान भक्तजनहरु, सञ्चार माध्यम, उद्यमशील गैरसकारी क्षेत्र र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढनु जरुरी छ ।

भक्तिभाव : हाल सम्पूर्ण आस्थावानको अराध्यदेवसँग प्रार्थना छ, आफ्नो क्षेत्र, श्रीमष्ठाप्रति आस्था राख्ने संसारभरका मानवलाई विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट बच्न राज्यले अपनाएका नीतिहरुको पालना गर्र्नसक्ने गरी सवै मानवलाई सही विचार, सामथ्र्य र शक्ति देऊ । भौतिक सुख र आधुनकितालाई मात्र मानवको अन्तिम मूल्य ठानी देवत्व र प्रकृतिलाई विसर्ने सवै मनुष्यको आँखा खोली देऊ । जय । श्रीमष्ठा । श्रीमष्ठा ।। श्रीमष्ठा ।।। श्रीमष्ठा ।।।। श्रीमष्ठा ।।।।।

सन्दर्भ सामग्री
फलेडीनिवासी पाँच राठका सरोकारवालाहरु : पुजारी श्री परमानन्द जोशीज्यू, धामीहरु श्री नबराज जोशी, श्री नन्नाराम जोशी, श्री डम्बर भटृ । इतिहासवीदहरु श्री कृष्ण प्रसाद भटृ (किरमडीकोट, पूर्व प्रशासक), श्री उमाकान्त भटृ, पुजारी श्री ध्रुबराज जोशी, श्री चन्द्रदेव जोशी (लेक्मा), श्री तेजराज भटृ (बैदार), स्व.पुजारी श्री महेश्वर जोशी, श्री चन्द्र प्रसाद जोशी (पूर्व प्रशासक) श्री खगेन्द्रराज जोशी (उडितोला, शिक्षावीद) श्री रामचन्द्र जोशी (पारीगाउँं) र श्री त्रिलोचन भटृ (किरमडीकोट) सँगको छलफल तथा अन्तरक्रिया, श्रीमष्ठोप्रति अथा आस्था राख्ने जान्यमान्य श्री आदरणीय व्यक्तित्व श्री धर्मदेव जोशी (संस्कृतविद, जाई कैलाली), पण्डित श्री रामचन्द्र जोशी, श्री चेतराज जोशी (आध्यात्मविद ,मट्यारी), श्री खगेन्द्र प्रसाद भटृ (शिक्षक), श्री बलदेव भटृ (ओखलढुगां), श्री देवीराम भटृ, समाजसेवीहरु श्री सालिकराम भटृ, श्री देवीराम जोशी (देवल), श्री हरी दमाई, धामी श्री चइसे लुहार, तत्कालिन गाविस सचिव श्री डबल बहादुर भाट र उपप्राध्यापक श्री शान्ति भटृ फुलारा आदिबाट प्राप्त सूचना र श्रीमष्ठोको स्वामित्वमा रहेका सामग्रीहरुको अध्ययन तथा अवलोकन पछि यो लेख तयार पारिएको हो ।