परिवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परिवेश


३१ श्रावण २०७७, शनिबार


एउटा ठेसले मान्छेलाई धेरै कुरा सिकाउँछ
परिवेशले मान्छेलाई धेरै कुरा सिकाउँछ ।

यो विज्ञान, अनुसन्धान, त्यही माथि भर पर्ने,
अवशेषले मान्छेलाई धेरै कुरा सिकाउँछ ।

जति ज्ञानी, बुद्धि विवेकी,भए पनि,चेतनामूलक,
सन्देशले मान्छेलाई धेरै कुरा सिकाउँछ ।

आफ्ना आवश्यकता पूर्ति गर्न दौडी रहन्छौ हामी,
यही रेसले मान्छेलाई धेरै कुरा सिकाउँछ ।

हातमुख जोर्न,कमाउन, जब हिंड्छन देश छोडी,
परदेशले मान्छेलाई धेरै कुरा सिकाउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस