प्रधानसेनापति थापाद्वारा उपरथी पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानसेनापति थापाद्वारा उपरथी पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान


३० श्रावण २०७७, शुक्रबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बिच आज उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकारको साउन २६ गते बसेको मन्त्रीपरिषद् बैठकले सहायक रथी पाण्डेलाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो ।

उपरथी दर्जामा पदोन्नति भएका पाण्डेलाई उत्तर पश्चिम पृतना हे.क्वा.को पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस