ग्लोबल आइएमई बैंकले गर्‍यो आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ग्लोबल आइएमई बैंकले गर्‍यो आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा


३० श्रावण २०७७, शुक्रबार


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना भाइरस बीमा गरेको छ ।

आफ्नो कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरूको कोभिड-१९ बीमा गराएको छ ।

बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैंया बराबरको बीमा गराएको छ । बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड-१९ पोजेटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरूको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरूलाई आर्थिक राहत मिल्ने बैंकको विश्वास छ ।

बैंकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई मास्क, पन्जा, स्यानिटाइजर, फेस सिल्ड जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरू समेत उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले कोरोनाको महामारीबाट आफ्ना कर्मचारी वर्ग, ग्राहक वर्ग र अन्य सर्वसाधारणलाई जोखिममुक्त रहन सुझाव दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस