काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य पुन: बढेको छ । बिहिबारको तुलनामा ८ सय रुपैँयाले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।