राष्ट्रिय टिमको एक फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

राष्ट्रिय टिमको एक फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

३० श्रावण २०७७, शुक्रबार


काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।

तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।

मंगलबार २३ खेलाडीसहित २९ जनाको परीक्षण गरिएकोमा बिहीबार २२ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस