कम्युनिस्ट पार्टी अध्यक्षद्धय ओली-प्रचण्ड बिच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कम्युनिस्ट पार्टी अध्यक्षद्धय ओली-प्रचण्ड बिच भेटवार्ता


प्रशासन संवाददाता

३० श्रावण २०७७, शुक्रबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

बिहीबार नौ दिनपछि वार्तामा बसेका दुई अध्यक्ष दोस्रा तहका नेताले तयार पारेको सहमतिको खाकाबारे छलफलमा बसेका हुन्।

बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ कार्यकारी अधिकार दिने, केन्द्रीय कमिटिलाई महाधिवेशन आयोजनक कमिटिमा रुपान्तरण गर्ने, आउँदो चैतमा महाधिवेशन गर्ने, आफूलाई पूरा कार्यकाल प्रधानमन्त्री बनाउनुपर्ने लगायतका प्रस्ताव पेश गरेका थिए।

उक्त प्रस्तावबारे अरु नेतारुसँग छलफल गरेर जवाफ दिने बताएर बालुवाटारबाट बाहिरिएका दाहाल वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग छलफल गरेर ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस