वीरगञ्जमा दूतावास, अस्पताल, बैंक लगाएतका कर्मचारीसहित ४८ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरगञ्जमा दूतावास, अस्पताल, बैंक लगाएतका कर्मचारीसहित ४८ जना कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

३० श्रावण २०७७, शुक्रबार


वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दूतावासका कर्मचारी, स्वास्थ्यकर्मी, लगायत ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा २ वर्षको बालक देखि ६९ वर्षका वृद्ध पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा नरायणी अस्पतालका २७ बर्षकी १ जना महिला डाक्टर, ४ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी, २ जना महिला र १ जना पुरुष नारायणी अस्पतालका सरसफाई कर्मचारी र ३ जना गेट पाले रहेका छन् ।

वीरगन्जस्थित रहेको महावाणिज्य भारतीय दूतावासका ३२ बर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एम ई बैंकका ४३ बर्षका एक जना पुरुष कर्मचारी रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए अनुसार बिहीबार अबेर राति प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जनासहित थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन २४ गते देखि २६ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४८ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

सबैभन्दा धेरै वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस