विराटनगरको कोसी अस्पतालमा कोरोनाबाट थप एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विराटनगरको कोसी अस्पतालमा कोरोनाबाट थप एक जनाको मृत्यु


प्रशासन संवाददाता

३० श्रावण २०७७, शुक्रबार


विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिराहको विष्णुपुर गाउँपालिका-१ घर भएका ४० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले दिइएको जानकारीका अनुसार  गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको हो ।

बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डाक्टर दासले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस