बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

धनुषाको ढल्केबर-७ बस्ने ८५ वर्षीया वृद्धा महिलाको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा.निदेश सापकोटाले बताए । उनका अनुसार धनुषास्थित एक निजी अस्पतालले निमोनिया भएको शंका गरेर साउन २६ गते प्रतिष्ठानमा थप उपचारका लागि रिफर गरेको थियो ।

प्रतिष्ठानमा ल्याउनासाथ उनलाई कोरोना संक्रमण भएको आशंका गरी पीसीआर जाँच गरिएको थियो । पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएपछि ती वृद्धालाई तत्कालै आईसीयु भएको आइसोलेसन वार्डमा भर्ना गरेको प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘प्रतिष्ठानमा ल्याउँदा वृद्धालाई ज्वरो आएका थियो ।

स्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । भर्ना गरेको दुई दिनमा उनको मृत्यु भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस