ओली र प्रचण्डको बालुवाटार छलफल सकियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओली र प्रचण्डको बालुवाटार छलफल सकियो


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षबिच बालुवाटार छलफल सकिएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच बिहीबार करिब चार घण्टा लामो छलफल भएको हो ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि अर्का अध्यक्ष प्रचण्ड बिहान ११ बजे बालुवाटार पुगेका थिए । छलफल सकिएपछि प्रचण्ड पानै तीन बजे बालुवाटारबाट बाहिरिएका हुन् । ९ दिनपछि भएको भेटवार्ता सकारात्मक देखिएको बालुवाटार स्रोतले प्रशासनलाई बताएको छ । अध्यक्षद्वयबीच मात्र भएको छलफल भोलि फेरी बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्रीले ओलीले बुधवार मात्रै अबको ५ दिनभित्रै नेकपाको सङ्कट समाधान हुने दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले सो कुरा बताएको भोलिपल्ट आज समाधानका लागि निर्णायक पहल सुरु भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस