भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


काठमाडौं । कोरोनाबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ ।

बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो ।

गत सोमबार मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस