मकवानपुरमा ३७ र विराटनगरमा २७ कोरोना सङ्क्रमित थपिए « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मकवानपुरमा ३७ र विराटनगरमा २७ कोरोना सङ्क्रमित थपिए


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


काठमाडौँ । मकवानपुरमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलवार र सोमबार सङ्कलन गरिएका परीक्षण मध्ये बिहीबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल मकवानपुरले जानकारी दिएको छ ।

सङ्क्रमित मध्ये १० जना नेपाल प्रहरीका, १८ जना हेटौँडा उपमहानगरपालिकाका, भिमफेदी नगरपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २, चितवन र काठमाडौँका १–१ जना रहेको बताइएको छ ।

यस्तै विराटनगरमा पनि बिहीबार थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणपछि २७ जनामा भने कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस