थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु


प्रशासन संवाददाता

२८ श्रावण २०७७, बुधबार


काठमाडौं । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।

पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। उनी दम तथा मुटु रोगी थिए।

बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस