अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


संसदीय सुनुवाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ।

घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दियो। केही दिन अघि उनका भान्से, ड्राइभर र पछुवा गाडीमा हिँड्ने प्रहरी गरी छ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । ज्वरो आएको भन्दै कार्यालयसमेत नआई उनी घरमै आइसोलेसनमा बसेका थिए ।

अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना सङ्क्रमण भएको छ । उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्।

अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस