भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काम गर्न नदिन उच्च अदालतको आदेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काम गर्न नदिन उच्च अदालतको आदेश


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस