थप ६ सय ३८ जनामा कोरोना स‌ंक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप ६ सय ३८ जनामा कोरोना स‌ंक्रमण


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


काठमाडौं । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस