पर्सामा ९ जना प्रहरी, ५ जना स्वास्थ्यकर्मी सहित ५५ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्सामा ९ जना प्रहरी, ५ जना स्वास्थ्यकर्मी सहित ५५ जना कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका १ जना र विर्ता वडा प्रहरी कार्यालयका ८ गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको हो ।

नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंहले दिइएको जाकारी अनुसार नारायणी अस्पतालका ५ जना स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ ।

सोमबार गरिएको परीक्षणमा १७ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहले बताएका छन् ।

उनका अुसार संक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षणका लागि आएका ४ जनामा पनि कोरोना पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस