डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु,५ घाईते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु,५ घाईते


२७ श्रावण २०७७, मंगलबार


डडेल्धुरा । डोटीको आदर्श गाउँपालिका –१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । हिजो राति १ बजे ३ तलाको पुरानो घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार घटनामा थप ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा घरधनी लोगे लुहार, उनकी आमा, सासू आमा, सालो र २ वर्षीया छोरी रहेका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि दिपायल ल्याइरहेको डिएसपी मल्लले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस