शैक्षिक संस्था र भर्ना अभियान भदौ १५ सम्म बन्द गर्ने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शैक्षिक संस्था र भर्ना अभियान भदौ १५ सम्म बन्द गर्ने निर्णय


२६ श्रावण २०७७, सोमबार


काठमाडौँ । सरकारले विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

समुदाय स्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस