सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना सङ्क्रमण


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


बुटवल । रुपन्देहीको सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका–३ कम्हरियामा रहेको उक्त उद्योगका कर्मचारी सहित ११ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणको रिपोर्टअनुसार ५२, २३, २४, ३०, ३७, २६, ३४, २६, ३८ वर्षीय पुरुष तथा ५१ र २१ वर्षीया महिलामा कोारेना सङ्क्रमण पुष्टि भएको हो ।

शनिवार बुटवलको नेशनल प्याथ ल्याबमार्फत उद्योगका ४ जनाको स्वाब परीक्षण भएकोमा सञ्चालक सदस्य सहित ४ जनामा कोभिड–१८ सङ्क्रमण देखिएसँगै उनीहरूको सम्पर्कमा रहेका अन्य ८३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस