मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ । बेलुका ५ बजेपछि सुरु भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस सम्बन्धी महत्वपूर्ण छलफलपछि निर्णय गर्नसक्ने बुझिएको छ ।

बालुवाटार स्रोतकाअनुसार यसअघिका मन्त्रिपरिषदका निर्णय कार्यानवयनका सवालमा संशोधनको निर्णय गर्ने तयारी छ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटो दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो । तर,पछिल्लो पटक कोरोना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टरले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।

त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्नसक्ने एक मन्त्रीको भनाई छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस