किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी गराए । उनको सोमबार कोरोना पुष्टि भएको हो । मृतक महिलामा निमोनिया तथा छातीको संक्रमण रहेको थियो । उनी भेन्टिलेटरमा उपचाररत थिइन् ।

उनी साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस