विवाहको वहाना गरी जबरजस्ती करणी गर्ने पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विवाहको वहाना गरी जबरजस्ती करणी गर्ने पक्राउ


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी फरार रहेका चन्द्रागिरी नगरपालिका ६ बस्ने धादिङ सिद्धलेख गाउापालिका ७ घर भएका ३० बर्षीय राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका(६ थानकोट चेकपोष्टबाट उनलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्ने क्रममा राजनले महिलालाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताइ भेटघाट गर्न बोलाएको र भेटघाटमा आफु अविवाहित पुरुष भएको बताएका थिए । भेटघाटमा राजनले विवाह गर्न राखेको प्रस्ताव स्विकार गरी उनीहरुले प्रेम विवाह गरेर साउन १६ गते देखि २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेराकोठामा बसेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो ।

साथै साउन २२ गते राजनलाई कोठामा नदेखि खोजी गर्दा दराजमा राखेको नगद २ लाख रुपैयाँ, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ र १ थान मोवाइल राखेको स्थानमा नभएको तथा निज राजन सम्पर्क विहिन भएका थिए ।  राजन उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस