कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १-१ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

यस्तै बाँकेको कोहलपुर नगरपालिका-२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको उनले बताए । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी-१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

यस्तै हालसम्म कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस